सूची
सूची
मर्कूस 2:1~12
1 केही दिनपछि उहाँ कफर्नहुम फर्कनुभयो, अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्‍छ भन्‍ने सुने।
2 अनि यति धेरै मानिसहरू जम्‍मा भए कि तिनीहरू त्‍यहाँ अटाएनन्‌, यहाँसम्‍म कि ढोकाको बाहिर पनि ठाउँ भएन, र उहाँले तिनीहरूलाई परमेश्‍वरको वचन प्रचार गर्दैहुनुहुन्‍थ्‍यो।
3 अनि चार जनाले बोकेको एक जना पक्षाघातीलाई लिएर मानिसहरू उहाँकहाँ आए।
4 भीड़को कारणले येशूको नजिक त्‍यस मानिसलाई पुर्‍याउन नसक्‍दा तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले, र उघारिएको ठाउँबाट पक्षाघातीलाई त्‍यो सुतेको खाटसमेत तल ओह्रालिदिए।
5 येशूले तिनीहरूको विश्‍वास देखेर त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भए।”
6 तर त्‍यहाँ केही शास्‍त्रीहरू बसिरहेका थिए, र आफ्‍ना मनमा यसो भनेर विचार गरिरहेका थिए,
7 “यस मानिसले किन यसरी बोल्‍दछ? यो त ईश्‍वर-निन्‍दा हो। केवल एक, अर्थात्‌ परमेश्‍वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्‍छ?”
8 अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन्‌ भन्‍ने येशूले तुरुन्‍तै आफ्‍नो आत्‍मामा थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू आफ्‍ना मनमा यस्‍तो विचार गर्दैछौ?
9 पक्षाघातीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्‍नु, कि ‘उठ, तिम्रो खाट उठाएर हिँड़’ भन्‍नु, कुनचाहिँ सजिलो छ?
10 तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” तब उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो,
11 “म तिमीलाई भन्‍दछु, उठ, तिम्रो खाट उठाऊ, र घर जाऊ।”
12 त्‍यो उठ्यो, र तुरुन्‍तै खाट उठाएर सबैका सामुन्‍नेबाट गइहाल्‍यो। यहाँसम्‍म कि, सबै जना आश्‍चर्य-चकित भए, र “हामीले यस्‍तो त कहिल्‍यै देखेका छैनौं” भन्‍दै तिनीहरूले परमेश्‍वरको महिमा गरे।
कपी गर्नुहोस्
The Prayer the Lord taught 4
25.3.2 मत्ती 6:9~13 पादरी
The Prayer the Lord taught 3
25.2.23 मत्ती 6:9~13 पादरी
The Prayer the Lord taught 2
25.2.16 मत्ती 6:9~13 पादरी
yeshu khristko gyan ma baddai jawo
25.2.9 २ पत्रुस 3:18 पादरी
The Prayer the Lord taught
25.2.2 मत्ती 6:9~13 पादरी
I would to God that all might become such as I am
25.1.26 प्रेरित 26:29~32 पादरी
Treasure hidden in a field
25.1.12 पादरी
The Present life for the Eternity
24.12.29 २ कोरिन्थी 4:16~1 पादरी
Let Us Long for the Lord Who Is Coming Quickly
24.12.22 हिब्रू 10:37 पादरी
Let us imitate the Early Church!
24.12.15 प्रकाश 19:6~9 पादरी
christain ko jiwan ko prathamikta
24.12.8 मत्ती 6:33~34 पादरी
पढ्दै…
प्रक्रिया हुँदैछ…
text_sending
खोज्दै…