सूची
여호와 닛시 (여호와는 나의 깃발이시라)
प्रस्थान 17:1~16
1 इस्राएलीहरूका सारा समुदाय सीनको उजाड़-स्थानबाट परमप्रभुको आज्ञाबमोजिम ठाउँ-ठाउँमा यात्रा गरेर रपीदीममा आइपुगे। त्यहाँ तिनीहरूले डेरा बनाए, तर मानिसहरूका निम्ति खाने पानी थिएन।
2 यसकारण तिनीहरूले मोशासित झगड़ा गरेर भने, “हामीलाई खाने पानी दिनुहोस्।” मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित कलह गर्दछौ? तिमीहरू किन परमप्रभुको परीक्षा गर्दछौ?”
3 तर मानिसहरूलाई पानीको तिर्खा लाग्यो, र ती यसो भनेर मोशाको विरुद्धमा गनगनाए, “तपाईंले हामी, हाम्रा बालबच्चा र पशुहरूलाई तिर्खाले मार्न किन मिश्रबाट यहाँ ल्याउनुभयो?”
4 तब मोशाले यसो भनी परमप्रभुलाई पुकारा गरे, “म यी मानिसहरूलाई के गरूँ? यिनीहरूले त मलाई ढुङ्गाले हान्नै आँटेका छन्।”
5 परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूका धर्म-गुरुहरूमध्ये कतिलाई साथमा लिएर मानिसहरूका अगिअगि जा, र तैंले नील नदीलाई हिर्काएको तेरो लहुरो पनि आफ्नो हातमा लिएर जा।
6 म होरेबमा भएको चट्टानमा तेरो अगि खड़ा हुनेछु। तैंले चट्टानलाई हिर्काउनू, र मानिसहरूले पिउनलाई त्यहाँबाट पानी निस्कनेछ।” तब मोशाले इस्राएलीहरूका धर्म-गुरुहरूका सामुन्ने त्यसै गरे।
7 “परमप्रभु हाम्रा बीचमा हुनुहुन्छ कि हुनुहुन्न” भन्ने इस्राएलीहरूका झगड़ाको कारण र तिनीहरूले परमप्रभुको परीक्षा गरेको कारण त्यस ठाउँको नाउँ तिनले मस्सा* र मेरीबा* राखे।
8 तब अमालेकीहरू आएर रपीदीममा इस्राएलीहरूमाथि आक्रमण गरे।
9 अनि मोशाले यहोशूलाई भने, “हाम्रा निम्ति मानिसहरू चुनेर अमालेकीहरूसित युद्ध गर्न जाऊ। भोलि परमप्रभुको लहुरो मेरा हातमा लिएर म डाँड़ाको टाकुरामा खड़ा हुनेछु।”
10 तब मोशाले तिनलाई भनेबमोजिम यहोशूले गरे, र अमालेकीहरूका विरुद्धमा लड्न लागे। मोशा, हारून र हूरचाहिँ डाँड़ाको टाकुरामा गए।
11 मोशाले आफ्ना हात माथि उचालिराख्दा इस्राएलीहरू विजयी हुन्थे। तर तिनले आफ्ना हात तल झार्दा अमालेकीहरू विजयी हुन्थे।
12 जब मोशाका हात थाके, तब तिनीहरूले एउटा ढुङ्गा ल्याएर तिनीमुनि राखिदिए, र तिनी त्यसमाथि बसे। हारून र हूरले चाहिँ तिनका हात थामिराखे, एउटाले एकापट्टि र अर्काले अर्कोपट्टि। यसरी सूर्यास्त नहोउञ्जेल तिनका हात स्थिर रहे।
13 अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते।
14 तब परमप्रभुले मोशालाई भन्नुभयो, “यो कुरो सम्झनाको निम्ति एउटा पुस्तकमा लेख्, र त्यो यहोशूलाई बताइदे, किनकि म अमालेकको स्मृति आकाशमुनिदेखि बिलकुलै मेटिदिनेछु।”
15 मोशाले त्यहाँ एउटा वेदी बनाएर त्यसको नाउँ “परमप्रभु मेरो झन्डा” राखे।
16 अनि तिनले भने, “परमप्रभुको सिंहासनतर्फ हातहरू उचालिएका थिए। परमप्रभु पुस्तौँ-पुस्तौँसम्म अमालेकीहरूसित युद्ध गर्नुहुनेछ।” प्रस्थान 17:1-16
오직 성령의 충만을 받으라
기다림에 지치지 말라
큰 비밀인 그리스도와 교회(남편과 아내)
Joseph's Pharaoh and Moses' Pharaoh
The People Who Lead Sinner to Christ
The Invitation to God's Feast
Let us repay God's grace
Living a Life for the Load
Where Are You From
The Narrow Gate and the Qide Gate
3 Stages of Salvation
In Everything Give Thanks
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...
