सूची
Eternal Life and Possessions
मत्ती 19:16~29
16 उहाँकहाँ आएर एक जनाले भने, “हे गुरु, मैले अनन्त जीवन प्राप्त गर्नलाई के असल काम गर्नुपर्छ?”
17 उहाँले तिनलाई भन्नुभयो, “असल के हो त्यस विषयमा तिमी मलाई किन सोध्दछौ? असल त एउटै मात्र हुनुहुन्छ। तर तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने, आज्ञाहरू पालन गर।”
18 तिनले उहाँलाई भने, “कुन-कुनचाहिँ?” येशूले भन्नुभयो, “तैंले हत्या नगर्नू, तैंले व्यभिचार नगर्नू, तैंले चोरी नगर्नू, तैंले झूटो गवाही नदिनू।
19 आफ्ना आमा-बुबाको आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।”
20 ती जवान मानिसले उहाँलाई भने, “यी सब त मैले पालन गरेकै छु। अब ममा के कमी छ?”
21 येशूले तिनलाई भन्नुभयो, “तिमी सिद्ध हुन चाहन्छौ भने, गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ, र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ, अनि आएर मपछि लाग।”
22 जब ती जवान मानिसले यो कुरा सुने, तिनी दु:खित भएर गइहाले, किनकि तिनको धेरै धन-सम्पत्ति थियो।
23 अनि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, स्वर्गको राज्यमा धनी मानिसलाई प्रवेश गर्नु गाह्रो पर्नेछ।
24 फेरि म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुनेछ।”
25 यो सुनेर चेलाहरूले अति आश्चर्य मानी सोधे, “तब कसले उद्धार पाउन सक्छ?”
26 येशूले तिनीहरूमाथि दृष्टि लगाई भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ।”
27 तब पत्रुसले उहाँलाई भने, “हेर्नुहोस् हामीले त सबै थोक छोड़ेर तपाईंको पछि लागेका छौं। हामीले चाहिँ के पाउनेछौं?”
28 येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्टिमा जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा बस्नेछ, तब तिमीहरू पनि बाह्र सिंहासनमा बस्नेछौ, र इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्नेछौ।
29 हरेक जसले मेरो नाउँको खातिर घर, दाजुभाइ वा दिदी-बहिनी अथवा बुबा वा आमा वा छोरा-छोरी वा जग्गाजमिन छोड़ेको छ, त्यसले सय गुणा पाउनेछ, र अनन्त जीवनको अधिकार पाउनेछ। मत्ती 19:16-29
The Way to Receive Rest and Refreshment
Let us practice the love of the Load 2
Let us practice the love of the Load
Living a Watchful Faith
Freely You Have Received, Freely Give
The Outcry of the Blind
Sufferings and Glory of Christians
Righteousness of Man and Grace of God
Come and Let Us Walk in the Light of the Lord
Treasure Hidden in a Field
Invitation to God's feast
The end is at hand
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...
