सूची
Treasure Hidden in a Field
मत्ती 13:44~53
44 “स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्दछ, र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ, र त्यो खेत किन्छ।
45 “फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारीजस्तो हो।
46 त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्यो।
47 “स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्।
48 अनि जाल भरिएपछि मानिसहरूले त्यसलाई किनारमा तानी निकाले, र बसेर असल जतिलाई भाँड़ाहरूमा जम्मा गरे, र खराब जतिलाई बाहिर फाले।
49 युगको अन्त्यमा यस्तै हुनेछ, स्वर्गदूतहरूले आएर दुष्टहरूलाई धर्मीहरूका बीचबाट छुट्ट्याउनेछन्,
50 र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।”
51 येशूले सोध्नुभयो, “के तिमीहरूले यी सबै कुरा बुझ्यौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “बुझ्यौं।”
52 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण स्वर्गका राज्यको शिक्षा पाएको हरेक शास्त्री एक जना घरको मालिकजस्तो हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुराना मूल्यवान् सामानहरू बाहिर झिक्तछ।”
53 यी दृष्टान्तहरू बताइसक्नुभएपछि येशू त्यहाँबाट जानुभयो।मत्ती 13:44-53
The Way to Receive Rest and Refreshment
Let us practice the love of the Load 2
Let us practice the love of the Load
Living a Watchful Faith
Freely You Have Received, Freely Give
The Outcry of the Blind
Sufferings and Glory of Christians
Righteousness of Man and Grace of God
Come and Let Us Walk in the Light of the Lord
Eternal Life and Possessions
Invitation to God's feast
The end is at hand
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...
